काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी स्थापनाको बेलामा केन्द्रीय सदस्यको लागि आफूहरूले नागरिकता पाउन नसकेको अवस्थाको स्मरण गरेका छन्।
पार्टीको राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै आफूहरूले वरपर देखिएका साथीहरूलाई हात जोडेर अभियानमा सहभागी हुन आग्रह गरेको बताए।
उनले भने, ‘आज यो विशाल हुन्छ भन्ने कुराको जानकारी थियो। तर मैले धेरै साथीहरूलाई सम्झाउन सकिनँ। त्यसैले मैले समावेशिताको गाली खान बाध्य भएको छु तर नियत कहिले पनि खोटे थिएन।’
उनले आज रास्वपा ऐतिहासिक मोडमा उभिएको भन्दै पार्टी देशभर फैलिएको बताए। उनले पार्टी अब बसैको लाभको लागि भन्दा पनि देशको लागि खर्च गरिने बताए।
उनले भने, ‘के पाउँछु भनेर बैठक बस्ने होइन, के दिने भनेर बैठक बस्दा सफल हुन्छ। त्याग गर्नेहरूको सूची बनाउँदा पहिलो नम्बरमा मेरो नाम हुने कुरा दर्ज गराइसकेको छु। नयाँ शक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास जारी नै छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ पुस २०८२, १९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट