काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह, उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्दैछ ।
रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा हुने छ । सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिइने र आगामी राजनीतिक कार्यदिशा सार्वजनिक गरिने पार्टीले जनाएको छ ।
रास्वपाले पुस १३ र १४ गते काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । सो सहमतिअनुसार आजको सभाबाट विभिन्न समूहबीचको सहकार्य औपचारिक हुने पार्टीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ पुस २०८२, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने