प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने

सफल खबर संवाददाता

आइतबार, २० पुस २०८२, ०८ : ५२
प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज भारतको राजधानी नयाँ दिल्ली जाँदैछन् ।

उनी त्यहाँका कुनै राजनीतिक दल, सरकार कसैको पनि निमन्त्रणमा भारत जान लागेका होइनन्। रोजगारी लगायतका काममा नेपालबाट भारत गएका प्रवासी नेपालीहरुको कार्यक्रममा सहभागी हुन प्रचण्ड दिल्ली  जान लागेका हुन् ।

नेपालमा १७ वटा साना ठूला वाम पार्टीहरुका बीचमा एकता गरेपछि प्रचण्ड देशब्यापी एकता सन्देश सभा गदैं हिडिरहेका छन् । त्यही क्रममा भारतमा रहेका नेपाली कम्युनिष्ट पार्टी निकट प्रवासी संगठनहरुको एकता सन्देश सभामा प्रमुख अतिथिको रुपमा सहभागी हुन प्रचण्ड दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । 

'नेकपा निकट प्रवासी नेपाली समाजको कार्यक्रममा सहभागी हुन संयोजक प्रचण्ड आज (आइतबार) दिउँसो दिल्ली जान लाग्नुभएको छ,' प्रचण्डको सचिवालयले भन्यो, 'उहाँ त्यहाँ पार्टीको कार्यक्रममा मात्र सहभागी हुनुहुनेछ ।'

दिल्ली भ्रमणमाका क्रममा औपचारिक रुपमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने भने कार्यक्रम नरहेको पनि सचिवालयले जनाएको छ । सचिवालयले भन्यो , 'दिल्ली भ्रमणका आइतबार गएर सोमबार फर्किने कार्यक्रम छ। दिल्लीमा भारतीय अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छैन।'

प्रतिक्रिया दिनुहोस