काठमाडौँ। नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।
सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले तत्काल मान्यता नदिँदा काँग्रेसले मंगलबार ढिलो गरी बन्द सूची आयोगमा बुझाएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार साढे ११ बजेपछि काँग्रेसका तर्फबाट ११० जनाको नाम आयोगमा बुझाएको काँग्रेस स्रोतले जनाएको छ । निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो ।
काँग्रेसले बन्द सूचीमा २०६४ देखिका समानुपातिक सांसदहरूलाई समावेश गरेको छैन । कोसी प्रदेशबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिम १० उम्मेदवार समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०८२, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ वटा दलले बुझाए समानुपातिकको सूची
समानुपातिक उम्मेदवारको बन्द सूची समयमै बुझाउन दलहरूलाई निर्वाचन आयोगको अनुरोध
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति