एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधन भएको छ।
८० वर्षीया जियाको मंगलबार बिहान निधन भएको हो। उनको निधन भएको बिएनपीको मिडिया सेलले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको हो।
बिएनपीले सामाजिक सञ्जाल एक्समा जारी गरेको सन्देशमा बिहान करिब ६ बजे, फज्रको नमाजपछि केही समयमै खालिदा जियाको निधन भएको उल्लेख छ। उनी पछिल्ला केही महिनादेखि अस्वस्थ थिइन् र ढाकास्थित एभरकेयर अस्पतालमा उपचाररत थिइन्।
गत २५ डिसेम्बरमा उनका छोरा तारिक रहमान १७ वर्षपछि लन्डनबाट ढाका फर्किएका थिए। उनको स्वदेश फिर्तीको पाँच दिन नबित्दै खालिदा जियाको निधन भएको हो।
चार दशकभन्दा बढी समय बंगलादेशको राजनीतिमा सक्रिय खालिदा जिया आफ्ना पति जियाउर रहमानको हत्या पछि राजनीतिमा प्रवेश गरेकी थिइन्।
सन् १९८१ मा राष्ट्रपति रहेका जियाउर रहमानको हत्या भएपछि उनले बिएनपीको नेतृत्व सम्हालेकी थिइन्।
उनी सन् १९९१ मा उनी बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १५ पुस २०८२, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खालिदा जियालाई उपचारका लागि विशेष एयर एम्बुलेन्समा लण्डन लगियो