काठमाडौँ। निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको हो । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो ।
दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन् । आयोगले दिएको सूचना अनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल), जसपा नेपाल र गतिशील लोकतान्त्रिक पार्टीले बन्द सूची बुझाइसकेको छन् ।
नेमकिपा, राष्ट्रिय जनमोर्चा र जसपा नेपालले १ सय १० जनाको सूची बुझाएको छ । त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२, नेपाली कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ले २० र गतिशील लोकतान्त्रिक पार्टीले ११ जना उम्मेदवारको सूची आयोगमा बुझाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक उम्मेदवारको बन्द सूची समयमै बुझाउन दलहरूलाई निर्वाचन आयोगको अनुरोध
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव