काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको घटनाको सम्बन्धमा जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने भएका छन्। आयोगले सोधपुछका लागि बोलाएपछि उनी सोमबार बिहान ११ बजे आयोगको कार्यालयमा उपस्थित हुन लागेका हुन्।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते घटेको विशेष घटनाको छानबिन गरिरहेको आयोगले यसअघि नै लेखकलाई पुस ८ गते बयानका लागि बोलाएको थियो।
सोही प्रक्रियालाई निरन्तरता दिँदै उनी सोमबार आयोगको टोलीसमक्ष आफूसँग भएको जानकारी र सो घटनाको वस्तुस्थितिबारे प्रष्ट पार्न जान लागेको उनको सचिवालयले पुष्टि गरेको छ।
आयोगमा बयान दिएपछि लेखकले दिउँसो ४ बजे सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेका छन्।
पत्रकार सम्मेलनमा उनले आयोगमा दिएको बयान र भदौको घटनासँग जोडिएका विविध पक्षबारे आफ्नो धारणा सार्वजनिक गर्ने बुझिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ पुस २०८२, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
मलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरियो, कानुनी लडाइँ लड्छु: रमेश लेखक
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ