काठमाडौँ । अंग्रेजी नयाँवर्ष २०२६ को अवसरमा ‘पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ । कन्सर्टमा प्रस्तुति दिन ‘सुनियाँ सुनियाँ’ गीतका चर्चित पन्जाबी गायक मिक्ससिंह जस भारतबाट नेपाल आइपुगेका छन् ।
यसबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो, जहाँ गायक जसले नेपालमा दर्शक झुमाउन उत्साहित रहेको बताए । शनिबार साँझ ठमेलस्थित क्लब नोभामा ४ घण्टासम्म उनले दर्शक झुमाउने छन् । त्यहाँ पञ्जाबी भांगडा डान्ससहित १० प्रस्तुति रहने जनाइएको छ ।
कन्सर्टको आयोजना स्किलमाण्डु नेपालले गरेको छ । यसका लागि १ हजार, २ हजार र ५ हजार शुल्क तोकिएको छ । गायक मिक्ससिंह जसले नेपाली खाना र पर्यटन प्रवर्द्धनका लागि आफ्नो भ्रमण विशेष हुने पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
यहाँको पर्यटन प्रवर्द्धनमा सघाउन तयार रहेको र यसको लागि संगीत उत्तम माध्यम रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, २० : १०
लेखकबाट थप