काठमाडौँ । ऊर्जा मन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनबाट नयाँ शक्तिहरूको उदयको प्रस्थान बिन्दु हुनुपर्ने बताएका छन्।
उज्यालो नेपाल पार्टीको औपचारिक उद्घाटन समारोहमा बोल्दै नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताए।
उनले भने, ‘सबैले नयाँ शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नुभएको छ। नयाँ शक्ति र नेतृत्वको टिम अगाडि बढ्नुपर्छ। नेपालको समृद्धि र सुशासनको लागि युवा अगाडि बढ्नुपर्छ।’
नयाँ शक्तिहरू एकताबद्ध भएर एक भएर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए।
उनले आज बिहान मात्रै काठमाडौँका मेयर बालेन साहसँग भेट गरेका थिए। कुलमानलगत्तै मिल्नको लागि बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। यी ती शक्ति एक ठाउँमा ल्याउने गृहकार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० पुस २०८२, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनलाई बधाई दिँदै कुलमानले भने- रचनात्मक भूमिका निर्वाह गर्न प्रतिबद्ध छौँ
‘यो चुनाव काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो’: कुलमान घिसिङ
राजनीतिक क्षेत्रको लोडसेडिङ अन्त्य गरेरै छाड्छु : कुलमान घिसिङ
‘हामी हन्ड्रेड पर्सेन्ट जित्छौं, काठमाडौँमा एक नम्बरको पार्टी हुन्छौं’ : कुलमान घिसिङ
हामी देशको नेतृत्व गर्न आएका हौं, कसैलाई प्रधानमन्त्री बनाउन होइन : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीले अधिकांश निर्वाचन क्षेत्रमा सफलता हासिल गर्छ: कुलमान घिसिङ