काठमाडौ । एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले एमालेले भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम बटुल्न थालेको संकेत गरेका छन्।
आज सामाजिक सञ्जालमा उनले यस्तो संकेत लेखेका छन् । भित्रभित्रै समानुपातिक उम्मेदवारको नाम कुन दलले संकलन गरे, उनले खुलाएका छैनन्। तर कांग्रेस, नेपाली कम्युनिस्ट पार्टीसहितका कतिपय दलले घोषित रुपमै समानुपातिक उम्मेदवारको नामावली संकलन अघि बढाएका छन्।
एमालेले भने फागुन २१ गतेका लागि घोषित निर्वाचनको विरोध गर्दै आएको छ। एमाले अध्यक्ष केपी ओलीले यो सरकारले नगर्ने चुनावको प्रचार गर्दै आएको दाबी गरेका छन्।
शनिबार काठमाडौँमा भएको सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमालेले भित्रभित्रै निर्वाचनको तयारी गरिरहेको बताएका थिए।
एमाले नेता बास्कोटाले पनि आफ्नै दलले भित्रभित्रै निर्वाचनको तयारी गरेको संकेत गरेका हुन्। ‘चुनाब हुँदैन पनि भन्छन्, दलहरू फेरि आाफैँ खुसुखुसु समानुपातिक सदस्यको नाम पनि बटुल्दै रहेछन्,’ बास्कोटाले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुन पत्याउनु हो? लाखे!’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदेश संरचना पुनरावलोकन र समानुपातिक प्रणाली हटाउन गोकुल बास्कोटाको सुझाव
गोकुल बास्कोटाको सुझाव : 'सरकारले संघीयता खारेज गर्नुपर्छ'
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा