तीन सय पदका लागि विज्ञापन खोल्दै लोकसेवा आयोग

पत्रपत्रिकाबाट

बुधबार, २६ मंसिर २०७५, ०८ : ०१
तीन सय पदका लागि विज्ञापन खोल्दै लोकसेवा आयोग

काठमाडौँ । दुई वर्षसम्म विज्ञापन नै गर्दैन भन्ने चर्चा चलिरहेको बेला लोकसेवा आयोगले झण्डै तीन सय पदका लागि विज्ञापन गर्ने निर्णय गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

आयोगका अनुसार सहसचिव, उपसचिव र शाखा अधिकृत पदमा विज्ञापन खुला भएको छ । यी विज्ञापनमा ५० हजार जनाको आवेदन पर्ने आयोगको अनुमान छ ।

आयोगका अध्यक्ष उमेश मैनालीले संसद सेवा, न्यायसेवा र महालेखा परीक्षकको कार्यालय गरी तीनवटा सेवाबाट मात्रै माग आएकाले त्यसका लागि मात्रै विज्ञापन गर्ने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस