कमेडियन बिटी कान्छाले ल्याए वेब-सिरिज ‘हरामी’

सफल खबर संवाददाता

शनिबार, २७ मंसिर २०८२, १६ : २७
कमेडियन बिटी कान्छाले ल्याए वेब-सिरिज ‘हरामी’

काठमाडौं । आफ्नो युट्युब च्यानलमार्फत् नेपाली चलचित्रको रमाइलो समीक्षा गर्दै आएका बिटी कान्छा अर्थात् विश्वास तिमल्सेनाले आफ्नो लेखन तथा निर्देशनमा वेब–सिरिज ‘हरामी’ तयार गरेका छन् ।

हरि, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित भई ‘हरामी’ नामाङ्कन गरिएको उक्त सिरिजको प्रचारप्रसारका लागि प्रवर्धन गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द, सङ्गीत र गायन साइँलाको छ । सङ्गीत निर्माण समिरन राणाको छ ।

मन प्रोडक्सनले निर्माण गरेको सिरिजमा निकुन श्रेष्ठ, ऋषिकेष बस्याल र सशाङ्क बोहरा मुख्य भूमिकामा छन् । तीनजना साथीको वरिपरि केन्द्रित रहेको सिरिजमा आना शर्मा, घनुभाइ जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारीको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस