काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोललाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि छनोटमा परेकी हुन् ।
कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् । डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट प्रतिनिधि छनोट भएकी हुन् ।
त्यस्तै, एमाले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्ष क्रमशः दीपक निरौला,पुरुषोत्तम आचार्य र बच्चन देउजा पनि मनोनित प्रतिनिधि बनेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
सुनिता डंगोल जेनेभा प्रस्थान
मेयर बालेन र उपमेयर सुनिताबीच छिट्टै कार्यपालिका बैठक राख्ने प्रारम्भिक सहमति
'काठमाडौं टावर अनावश्यक, महानगरको भ्रष्टाचार अख्तियारले खोज्नुपर्छ' : सुनिता डंगोल