सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार सन्तोष परियारलाई

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०८२, ११ : ५६

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ प्राप्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै परियारले बाबासाहेब डा. भीमराव अम्बेडकरको ‘शिक्षित हौ, संगठित हौ र सङ्घर्ष गर’ भन्ने भनाइबाट आफू सधैँ प्रभावित रहेको र अम्बेडकरको नामसँग जोडिन पाउँदा आफूलाई खुसीका साथै गम्भीर र जिम्मेवार महसुस भएको बताएका छन्। पुरस्कार ग्रहण गर्न उनी आज दिल्ली प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस