काठमाडौँ। बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए ।
डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको हो।
नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको स्रोतको भनाई छ । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, १३ : ५१
लेखकबाट थप