प्रेस काउन्सिलका अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान

सफल खबर संवाददाता

आइतबार, २१ मंसिर २०८२, १६ : ४५
प्रेस काउन्सिलका अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान

काठमाडौँ । प्रेस काउन्सिलको अध्यक्षमा मनोनीत वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको छ ।

सरकारले नेपाल मेलमिलाप परिषदमा विज्ञको रूपमा कार्यरत आचार्यलाई काउन्सिलको अध्यक्ष पदमा नियुक्त गरेको थियो । आइतबार सञ्चार मन्त्री जगदीश खरेलसहितको उपस्थितिमा आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।

आचार्य यसअघि मेलमिलाप परिषद्मै करिब ३ वर्ष सदस्यको रूपमा कार्यरत थिए । २०४० सालमा अधिवक्ता भएका उनी २०६९ सालमा वरिष्ठ अधिवक्ता बनेका थिए ।

नेपाल बारको उपाध्यक्ष समेत भइसकेका आचार्यसँग २०५१ सालमा बार काउन्सिलको कार्यकारी समितिमा बसेर काम गरेको पनि अनुभव छ ।

उनले २०७४ सालमा लुम्बिनी प्रदेशको कानुन आयोगमा डेढ वर्ष काम गरेको थिए ।

प्रतिक्रिया दिनुहोस