काठमाडौँ । नेपाली काँग्रेसले समावेशिता, समान अवसर, मानवअधिकार र सामाजिक न्यायको पक्षमा निरन्तर दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै पार्टीको विधानअनुसार स्थानीय तहदेखि संघीय संरचनासम्म अपाङ्गता भएका सदस्यहरूको सहभागिता सुनिश्चित गरेको बताएका छन् ।
भविष्यमा पनि यस्तो सहभागितालाई अझ प्रभावकारी र जिम्मेवारीपूर्ण बनाउने पार्टीको प्रतिबद्धता उनले सन्देशमा दोहोर्याएका छन् ।
नेपालको संविधानले सुनिश्चित गरेका समान अधिकार, सहभागिता, सामाजिक न्याय र समावेशितालगायत विषयहरूलाई काँग्रेसले निरन्तर संरक्षण गर्दै आएको कार्यवाहक सभापति खड्काले सन्देशमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ मंसिर २०८२, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले यस्तो बनायो क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड
कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक सुरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, महाधिवेशन कार्यतालिका ल्याउने तयारी
कांग्रेस सभापति देउवाले बोलाए डा.शेखरसहित पदाधिकारी र पूर्वपदाधिकारी
फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस कार्यवाहक सभापति र महामन्त्रीद्वयसँग सभापति देउवाले छलफल गर्दै