काठमाडौँ । गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ ।
पार्टीको महाधिवेशन कहिले गर्ने भन्ने विवाद एक हप्ता केन्द्रीय कार्यसमिति बैठक रोकेर अनौपचारिक प्रयास गर्दा पनि मिल्न सकेको छैन । केन्द्रीय कार्यसमिति बैठकमा गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले धारणा राख्ने क्रम सकिएको थियो ।
त्यसपछि महाधिवेशन कहिले गर्ने भन्ने विवाद निराकरणका लागि अनौपचारिक छलफल गरी सहमतिको प्रयास गर्ने भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार रोकेर शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाए । त्यो समयमा भएका आन्तरिक प्रयासमा कुरा नमिलेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि सारियो ।
कार्यवाहक सभापति खड्काले गरेका प्रयासले सोमबारसम्म पनि कुनै काम नगरेपछि बैठक एकैपटक मंसिर ४ गते (आज)सम्मका लागि सारिएको थियो ।
अहिलेसम्म महाधिवेशनका सम्बन्धमा रहेको विवाद नमिलेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा कांग्रेस–एमालेलाई बालेनले दिए झट्का : कांग्रेस एमालेकै जिम्मेवार नेताहरु पार्टी छोड्दै रास्वपा प्रवेश
कांग्रेसमा देउवा र गगनका बीचमा दुई बुँदे अन्तरिम सहमति
कांग्रेस विवाद : देउवा समूहको रिटमा आज पेसी
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
काँग्रेस संसदीय बोर्डको बैठक बस्दै
पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै