काठमाडौँ। नेपाली काँग्रेसका ४० वर्षमुनिका युवा नेताहरूले पार्टी सुधारका लागि भन्दै केन्द्रीय संयोजन समिति गठन गरेका छन् । युवा नेताहरूले आज १०१ जनाको संयोजन समिति गठन गरेका हुन् ।
नेपाली काँग्रेसलाई नवयुवा पुस्तासँग जोड्दै पार्टीप्रति युवाहरूको आकर्षण बढाउनु नै आजको प्रमुख चुनौती भएको उनीहरूको बुझाइ छ ।
संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पटक पटक विभिन्न बहनामा केन्द्रीय समिति बैठक स्थगित गरिनु, सामूहिक निर्णय गरेर समयको पदचाप, माग अनुरूप पार्टी सुधार र रूपान्तरणको बाटोमा अग्रसर हुन नसक्नु दुःखद छ ।’
नेपाली काँग्रेसको समयसापेक्ष सुधारका लागि पार्टी भित्र पनि आन्तरिक सुशासन, पारदर्शिता, जबाफदेहिता, न्याय र निष्पक्षता कायम गर्न नीतिगत व्यवस्था गरी व्यवहारिक कार्यान्वयन गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसको आमूल सुधार, रूपान्तरणका लागि पार्टीका हरेक तह र पार्टीको तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न, भ्रष्टाचारको विरुद्धमा खबरदारी गर्दै सुशासन कायम गर्न, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा प्राइमरी इलेक्सनको व्यवस्था गराउन र लोकतन्त्रको संरक्षण, संवर्द्धनका लागि खबरदारी, नयाँ बहस र पैरवी गर्नका लागि सुरुवाती चरणमा प्रतिनिधिमूलक रूपमा ४० वर्षमुनिका १०१ जना युवाहरूको नेपाली काँग्रेस सुधार अभियान केन्द्रीय संयोजन समिति गठन गरिएको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ मंसिर २०८२, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?