काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनको सफलतामा मुलुकको लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर रहेको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले नागरिक समाजका नेताहरूलाई सम्बोधनका क्रममा आज यहाँ यस पटकको निर्वाचन असफल भए मुलुक राजनीतिक अन्योल र संवैधानिक संकटमा धकेलिने उल्लेख गरिन् ।
“नागरिक समाजका नेताहरूका रूपमा तपाईँहरूले सरकार तथा दलहरूबीच विश्वासको वातावरण बनाउन र आम जनतालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्नका लागि ‘तेस्रो शक्ति’का रूपमा सक्रिय र निर्णायक भूमिका खेल्नुहुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ,” उनले भनिन् ।
मुलुकको वर्तमान राजनीतिक अवस्थालाई निकास दिने र आसन्न निर्वाचनलाई सुनिश्चित गर्ने यस निर्णायक घडीमा नागरिक समाजका अगुवाहरूसँग प्रत्यक्ष भेटघाट गर्न पाउनु आफ्ना लागि ठूलो कुरा भएको प्रधानमन्त्री कार्कीले बताइन् ।
“मलाई थाहा छ, जब राजनीतिक दलहरूबीच अविश्वास बढ्छ, तब निष्पक्ष आवाज र समाजलाई जोड्ने सेतुका रूपमा यहाँहरूको भूमिका असाध्यै महत्वपूर्ण हुन्छ,” उनले भनिन्, “यो छलफलमा यहाँहरूले राख्नुभएका समाधानमुखी धारणाहरूलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, १७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य’ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूत एरी बासबीच शिष्टाचार भेट
पृथ्वीनारायणको सालिकमा प्रधानमन्त्री कार्कीले गरिन् पुष्पगुच्छा अर्पण
आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा प्रधानमन्त्री कार्कीले लिइन जानकारी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री कार्कीसँग थारु कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलको भेट