काठमाडौँ । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले मधेशका सभामुख रामचन्द्र मण्डललाई ती पाँच जना सांसदलाई तत्काल पदमुक्त नगर्न भनेको हो । सभामुख मण्डलले गत कात्तिक २७ गते सभामुख मण्डलले जसपाका ४ र नागरिक उन्मुक्तिका १ गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए ।
जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंहलाई पदमुक्त भएका थिए । सभामुखको उक्त निर्णयविरुद्ध उनीहरूले सर्वोच्चमा रिट दायर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ मंसिर २०८२, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
मधेशमा सरकार गठनको दौड : मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने आज अन्तिम दिन