टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

सफल खबर संवाददाता

सोमबार, ०१ मंसिर २०८२, ११ : १५
टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

काठमाडौँ। नेपाल प्रहरीले टीयू क्रिकेट मैदान वरपर भीडभाड नगरिदिन अनुरोध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सकिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गर्दै भनेको छ, ‘टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’

परिसरले भनेको छ- ’नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रिकेट खेलहरू आज मिति २०८२ मंसिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुर स्थित टियु खेल मैदानमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।’

आजदेखि मंसिर २७ गतेसम्म हुने एनपीएलको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज दिउसो ४ बजेदेखि खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस