कोरियन भाषा परीक्षा आजदेखि सुरु

सफल खबर संवाददाता

सोमबार, ०१ मंसिर २०८२, ११ : ०२
कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाहरूको भाषा परीक्षा आजबाट सुरु हुँदै छ ।

पहिलो चरणमा आज उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरूको परीक्षा हुँदै छ । उत्पादन क्षेत्रमा ६७ हजार जनाले आवेदन दिएका छन् ।

सन् २०२५ मा ईपीएसमार्फत् कोरिया जान चाहने कुल एक लाख दुई हजार ५१५ परीक्षार्थीले आवेदन दिएका छन् ।

तीमध्ये पहिलो चरणमा उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर भाषा परीक्षा सुरु गरिएको हो । दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएकाहरूको परीक्षा हुने छ । कृषि तथा पशुपालन क्षेत्रमा ३५ हजार जनाले आवेदन दिएका छन् ।

 उत्पादनमूलक क्षेत्रका ६७ हजार परीक्षार्थीको भाषा परीक्षा सुरु गरिएको हो । भाषा परीक्षा दुई महिनाभित्र सक्ने तयारी रहेको वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ ।

दक्षिण कोरियाले १७ ईपीएस सदस्य देशहरूमध्ये नेपालबाट सबैभन्दा बढी श्रमिक लग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस