काठमाडौँ । जेन जेड आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आक्रोश व्यक्त गरेका छन् ।
नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीले गरेको कारबाहीका क्रममा देखिएका गुरुङले गृहमन्त्री अर्यालको व्यवहार एमालेजस्तै भएको टिप्पणी गरे ।
उनका अनुसार, जंगी अड्डादेखि शीतल निवाससम्म आफूहरूसँग संविधानविद्का रूपमा उपस्थित भएका अर्याल अहिले आएर चुनाव मात्र मुख्य मुद्दा बनाएको आरोप लगाए ।
गुरुङले बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “गृहमन्त्रीज्यूको एजेन्डा चुनाव मात्र रहेछ, तर हाम्रो एजेन्डा देशमा न्याय र व्यवस्था परिवर्तन हो । हामी देशमा न्याय नआइकन र हामीलाई न्याय नपाइकन चुनाव हुन दिनेछैनौँ । उहाँले अहिले जेन जेड आन्दोलनलाई मात्रै नियन्त्रणमा लिन खोज्नुभएको छ, कहिलेकाहीँ त उहाँ एमालेकै हो कि भन्ने लाग्छ ।”
उनले देशभरका जेन जेड समर्थकहरूलाई संगठित गर्न दुई महिनादेखि काम गर्दै आएको बताउँदै वडा तहसम्म समितिहरू गठन भइसकेको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०८२, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचन सुशासन कायम गराउन सफल भयो’ : गृहमन्त्री अर्याल
‘मतपेटिका ल्याउँदा सेनाको गाडीले पनि स्कर्टिङ गर्न सक्छ’ : गृहमन्त्री अर्याल
प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्ने गृहमन्त्री अर्यालको प्रतिबद्धता
‘फागुन २१ मै चुनाव हुन्छ, सबै तयारी पूरा भइसक्यो’ : गृहमन्त्री अर्याल
धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे गृहमन्त्री अर्याल
निर्धक्क भएर फागुन २१ को मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आग्रह