काठमाडौँ । नेपाली काँग्रेसका नेता रमेश लेखकले वर्तमान परिस्थितिमा पार्टीले प्रतिनिधि सभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् ।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बुधबार धारणा राख्ने क्रममा उनले २१ फागुनका लागि तय भएको निर्वाचनलाई काँग्रेसले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका हुन् ।
‘निर्वाचनको बारेमा व्यापक चर्चा भएको छ । छलफल भएको छ,’ उनले भने, ‘म के आग्रह गर्न चाहन्छु भने अहिलेको परिस्थितिमा निर्वाचन नै पहिलो प्राथमिकतामा काँग्रेसले राख्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ ।
वर्तमान सरकारको गठन र संसद् विघटनलाई संवैधानिक र लोकतान्त्रीकरणका लागि निर्वाचन र संसद् पुनर्स्थापना गरी दुई वटा विकल्प भए पनि काँग्रेस संसद् पुनर्स्थापनातिर जान नहुने लेकको भनाइ थियो ।
‘अहिले हामी संसद् विघटन अथवा यो सरकारको गठन असंवैधानिक र अलोकतान्त्रिक हो भनिरहेका छौँ,’ उनले भने, ‘यसलाई संविधानसम्मत र लोकतान्त्रीकरण गर्ने दुई वटा उपाय छन्, एउटा निर्वाचन, अर्को पुनर्स्थापना । तर, काँग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’
केन्द्रीय सदस्य लेखकले महाधिवेशनका लागि महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले बैठकमा गरेका दुवै प्रस्तावलाई मिलाएर एउटा कार्यतालिका बनाएर जानुपर्ने पनि बताए ।
‘विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गरौँ । त्यसका लागि कुनै न कुनै विकल्प निकालौँ,’ उनले भने, ‘अथवा दुई वटा क्यालेन्डर आएको छ, दुई वटै क्यालेन्डरलाई मिलाएर एउटा क्यालेन्डर बनाएर जानेतिर काम गरौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ : रमेश लेखक
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
रमेश लेखकलाई २ दिन म्याद थप
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा