काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ।
एक महीनाअघि शुरू भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशनलाई लिएर विवाद हुँदा टुंगोमा पुग्न सकेको छैन। मंगलबारको बैठकमा पनि विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्ने भन्ने विषयमा नेताहरूले फरकफरक धारणा राखे।
त्यस्तै, आगामी चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि गर्ने भन्ने विषयमा पनि सहमति जुट्न सकेको छैन। जसले गर्दा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै गएको हो।
मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारल तथा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले धारणा राखेका थिए।
आज पनि बिहान साढे ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशन र आगामी चुनावलाई लिएर छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ कार्तिक २०८२, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै