गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा

सफल खबर संवाददाता

विहीबार, १३ कार्तिक २०८२, १२ : २९
गुन्डा नाइके सानुभाइ ७ हजार धरौटीमा रिहा

काठमाडौँ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ धरौटीमा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार उनी ७ हजार धरौटी बुझाएर छुटेका हुन् ।

जेनजी प्रदर्शनपछि व्यवसायीलाई ‘धम्क्याएको’ आरोपमा प्रहरीले असोज १९ मा उनलाई टोखाबाट पक्राउ गरेको थियो ।

नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ यसअघि अहिले सातौंपटक पक्राउ परेर छुटेका हुन् । उनलाई अदालतको आदेश अनुसार थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस