काठमाडौं । जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध परेको रिटको पेसी आजका लागि तोकिएको छ ।
अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा अधिवक्ता ढकालले आयोगका पदाधिकारीको निष्पक्षतामाथि प्रश्न उठाउँदै तीनै जना पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको दाबी गरेका छन् ।
रिटमा जिम्मेवारी सम्हाल्नुअघि नै पूर्वाग्रही धारणा राखिसकेको व्यक्तिले प्राकृतिक न्यायको सिद्धान्त अनुकुल काम गर्न नसक्ने जिकिर गरिएको छ ।
सरकारले गत असोज ५ गते पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा जेनजी आन्दोलनको न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ कार्तिक २०८२, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
संसद पुनर्स्थापनाको माग लिएर तीन दल पूरक रिट दर्ताको तयारीमा
प्रधानमन्त्रीमा कार्की नियुक्त विरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकियो
हितेन्द्रको रिटमा कारण देखाउ आदेश
आज सर्वोच्चमा राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ