काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यस वर्ष छठ पर्वका सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी गराउँदै निमन्त्रणा गर्नेहरूसँग क्षमा मागेका छन्।
यसपटक दसैँ, तिहार र नेपाल संवतमा जस्तै छठ पर्वका पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने थापाले बताएका छन्।
छठको शुभकामना दिँदै उनले यसका लागि सम्बन्धित पक्षसँग माफी मागेका हुन्।
'छठ पर्वको हार्दिक शुभकामना! यो वर्ष दसैँ, तिहार र नेपाल संवत्जस्तै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु। मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु। अर्को वर्ष सँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस्', उनले भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० कार्तिक २०८२, ०९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति