नवनियुक्त दुई मन्त्रीले लिए शपथ

सफल खबर संवाददाता

आइतबार, ०९ कार्तिक २०८२, १५ : १९
नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।

शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस