चितवन कारागारबाट भागेका एघार भारतीयसहित १३९ कैदी बन्दी फर्किएनन्

रासस

आइतबार, ०९ कार्तिक २०८२, १२ : १२
चितवन कारागारबाट भागेका एघार भारतीयसहित १३९ कैदी बन्दी फर्किएनन्

चितवन । जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरूसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् ।

यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदी बन्दी भागेका थिए । तीमध्ये ५९१ जना यहाँ फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन् । उनीहरूसहित दुई बालबालिकासमेत सम्पर्कमा आएको कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुंगानाले जानकारी दिए । 

 यसअघि सम्पर्कमा आएकासमेत सम्पर्कविहीन भएका हुन । सम्पर्कविहीन भएकाहरूको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरूमा पत्राचार गरिएको ढुंगानाले जानकारी दिए । यसरी सम्पर्कविहीन भएकाहरूमा धेरै लागुऔषध र जबरजस्ती करणीका रहेको उनले जानकारी दिए । फरार भएकामध्ये दुर्लभ एक सिंगे गैँडा चोरी सिकारीसमेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस