आठ हजारभन्दा बढी कैदी बन्दी कारागारमा फर्किए, साढे छ हजार अझै फरार

सफल खबर संवाददाता

शुक्रबार, १० असोज २०८२, १२ : १०
आठ हजारभन्दा बढी कैदी बन्दी कारागारमा फर्किए, साढे छ हजार अझै फरार

काठमाडौँ । देशका २८ वटा कारागार र नौ वटा सुधार गृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधार गृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो । उनका अनुसार अझै छ हजार ४९४ कैदी बन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधार गृहबाट भागेका ६२२ जना रहेका छन् । उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए ।

जेन जेड  आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधार गृहबाट ९६४ कैदी बन्दी भागेका थिए । यसबीचमा १० कैदी बन्दीको भने मृत्यु भएको छ । कूल ३० हजार ६४६ कैदी बन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस