काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि कुराकानीमा उनले सरकार संवादका लागि तयार रहेको स्पष्ट पारे ।
“राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न सरकार तयार छ । सडकमा जानु जरुरी छैन”, गृहमन्त्री अर्यालले भने । लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन् नहुनेतर्फ प्रदर्शनकारी सचेत हुनुपर्ने उनको भनाइ छ ।
“सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनु भएन । कहीँ कतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो”, गृहमन्त्रीले भने ।
बालुवाटार सुरक्षा बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण भएको जानकारी दिँदै उनले सुरक्षा स्थितिलाई सामान्यीकरण गर्दै चुनावको वातावरण बनाउन सरकार केन्द्रित रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ कार्तिक २०८२, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोल्न खोजे कडा कारबाही हुन्छ : गृहमन्त्री
गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट
‘सुरक्षा निकायको क्षमता अभिवृद्धिलाई सरकारले प्राथमिकतामा राखेको छ’ : गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालले पाए सरकारको प्रवक्ताको जिम्मेवारी
धार्मिक सहिष्णुता र शान्ति सुरक्षामा कडाइ गर्न गृहमन्त्री अर्यालको आग्रह
भूकम्प सुरक्षा दिवसलाई दीर्घकालीन जनचेतना अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ : गृहमन्त्री अर्याल