साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिप : सन्तोषीले तोडिन् कान्छिमायाको कीर्तिमान

सफल खबर संवाददाता

शनिबार, ०८ कार्तिक २०८२, ११ : २७
साउथ एसियन एथ्लेटिक्स च्याम्पियनसिप : सन्तोषीले तोडिन् कान्छिमायाको कीर्तिमान

काठमाडौं । गोल्डेन गर्लको रुपमा परिचिति सन्तोती श्रेष्ठले अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

नेपालकी सन्तोषी श्रेष्ठले भारतको राँची, झारखण्डमा भइरहेको चौथो साउथ एसियन सिनियर एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत महिला ५००० मिटर दौडमा कांस्य पदक जितेका छन् । यस्तै पुरुष ५००० मिटर दौडमा पनि नेपालका मुकेश पालले कांस्य पदक जिते ।

सन्तोषीले कान्छिमाया कोजुको नाममा रहेको १५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान सहित कांस्य जितेकी हुन् । उनले निर्धारित दूरी १६ मिनेट ३६:६२ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

कान्छिमायाले सन् २०१० मा चीनको ग्यान्झाउमा भएको एसियन गेम्समा बनाएको १६ मिनेट ४९:९८ सेकेण्डको कीर्तिमान सन्तोषीको तोडेकी हुन् । यस इभेन्टमा भारतीय खेलाडीले स्वर्ण र रजत जिते ।

यस्तै मुकेशले निर्धारित दूरी १४ मिनेट २५.५४ सेकेण्डमा दूरी पूरा गरे । यस इभेन्टमा भारतका खेलाडीले स्वर्ण र श्रीलंकन खेलाडीले रजत जिते ।

 

 

प्रतिक्रिया दिनुहोस