बागमती । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ३४ प्रतिशत अर्थात् रु सात अर्ब ६४ करोड ५० लाख ८१ हजार राजस्व संकलन गरेको छ ।
घरजग्गा रजिष्ट्रेसन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आश्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँड आर्थिक वर्ष २०८२/८३ मा रु. ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व संकलन हुने अनुमान गरिएकामा साउनदेखि असोजसम्ममा लक्ष्यको १४ दशमलव २१ प्रतिशत अर्थात् रु. चार अर्ब ३८ करोड ८३ लाख १३ हजार मात्र राजस्व संकलन भएको आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए ।
उनका अनुसार चालु आव २०८२/८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट रु. सात अर्ब ७० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकामा तीन महिनाको अवधिमा त्यसको करिब १३ दशमलव ३१ प्रतिशत अर्थात् रु. एक अर्ब दुई करोड ५२ लाख २६ हजार राजस्व संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ कार्तिक २०८२, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको प्रशासकीय भवन बनाउन बागमती सरकारले ३ करोड निकासा दिने