नेपाली सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

रासस

सोमबार, ०३ कार्तिक २०८२, ११ : ०३
नेपाली सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

सङ्खुवासभा । सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु गाउँपालिका-३ की २९ बर्षीया सीता तामाङको हवाई उद्धार गरिएको छ ।

पाथीभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य अवस्था जटिल भएपछि आज बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत विराटनगरस्थित कोशी अस्पतालमा लगिएको हो ।

आइतबार बेलुका उनी सो चौकीमा गएकी थिइन् । स्वास्थ्यकर्मीले उनीको परीक्षणका क्रममा नवजात शिशुका अवस्था जटिल देखिएको जनाउँदै तत्काल ‘रिफर’ गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार आज बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट हेलिकप्टरमार्फत गर्भवती तामाङको उद्धार गरिएको हो । उनले भने, “ समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो । ” राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत तामाङलाई विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको हो ।

प्रतिक्रिया दिनुहोस