हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु

एजेन्सी

सोमबार, ०३ कार्तिक २०८२, ०७ : १८
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु

एजेन्सी । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा स्किड भएर एउटा कार्गो विमान समुद्रमा खसेको छ। स्थानीय सञ्चार माध्यमका अनुसार यस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

एमिरेट्सको उडान नम्बर ईके९७८८  (एरोट्रान्सकार्गो) दुबईबाट स्थानीय समयअनुसार बिहान करिब ०३:५० बजे अवतरण गर्ने क्रममा उत्तरी धावनमार्गमा एउटा गाडीमा ठोक्किएको थियो।

नागरिक उड्डयन विभागका अनुसार दुर्घटनापछि विमानस्थलको जमिनमा कार्यरत दुई जना कर्मचारी समुद्रमा खसेका थिए।

उनीहरूको उद्धार गरिए पनि पछि अस्पतालमा मृत्यु भएको सार्वजनिक प्रसारण संस्था आरटीएचके लगायत स्थानीय सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन्।

विमानमा सवार चार जना चालक दलका सदस्य भने सकुशल उद्धारपछि उपचारका लागि अस्पताल लगिएका छन्।

 

प्रतिक्रिया दिनुहोस