काठमाडौ । प्रतिनिधि सभा विघटन र सरकार गठनका विषयमा सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दर्ता भएका छन् । मङ्गलबार पेस भएका १० वटा रिट निवेदन अध्ययनपछि सर्वोच्च प्रशासनले दर्ता गरेको हो ।
दर्ता रिटको प्रारम्भिक सुनुवाइ कात्तिक १२ गते संवैधानिक इजलासमा हुने सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले पेस भएका दस वटै रिट दर्ता भएको बताए ।
सर्वोच्चका अनुसार डा. प्रेमराज सिलवाल, युवराज पौडेल, कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल निवेदक रहेका रिट दर्ता भएका हुन् । दुई रिटमा भने एकभन्दा बढी निवेदक छन् ।
जेनजी आन्दोलनपछि एक महिनाभन्दा लामो समयसम्म बन्दीप्रत्यक्षीकरणका रिट मात्र सुनुवाइ भएकोमा पूर्ण बैठकको निर्णय अनुसार मङ्गलबारबाट सबै प्रकारका रिट र निवेदनहरू दर्ता सुरु भएको थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ३० असोज २०८२, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रेड युनियनहरू खारेज विरुद्धको रिटमा सुनुवाइ सुरु
सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै दायर रिटको पेसी आज
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
ओलीको रिटमा सोमबार सुनुवाइ हुने
रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने
रवि लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने