काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विश्वकप छनोटको ट्रफी जित्न आज ओमानलाई जित्नै पर्ने बताएका छन्। बुधबारको प्रतिस्पर्धा ‘डु एण्ड डाइ’ जस्तै भएको भन्दै उनले यस्तो बताएका हुन्।
आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा अपराजित रहेका नेपाल र ओमानको खेललाई सबैले रोचक ढंगले पर्खिराखेको बेला कप्तान पौडेलले यस्तो बताएका हुन् ।
समूह चरण र सुपर सिक्समा अपराजित रहँदै दुवै टिमले तालिकामा ६–६ अंक जोडेका छन् । रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।
कप्तान पौडेलले ट्रफी जित्न ओमानलाई हराउनुपर्ने र त्यसका लागि सबै खेलाडी उत्सकु भएको प्रष्ट पारेका छन् । उनले नेपाली खेलाडीमा ओमानविरुद्ध जित निकाल्ने भोकसमेत रहेको प्रष्ट पारेका छन् ।
‘हाम्रो लागि ओमानसँगको खेल ंडु एण्ड डाइ’ नै हो । दुवै टिमको ६–६ अंक छ । यो खेल फाइनल जस्तै हो । ट्रफी जित्नु छ भने ओमानलाई हराउनुपर्छ’, कप्तान पौडेलले भनेका छन्, ‘सबै जना उत्सुक छौँ । सबैमा जित्ने भोक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, १० : १३
लेखकबाट थप