दोधारा चाँदनी (कञ्चनपुर) । तिहार नजिकिंएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ । अन्य समयमा घरेलु जुत्ता उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने उनले दसैँ, तिहारको समयमा मादल बनाउने गर्छन् ।
नेपाली सांस्कृतिक चाडपर्वमा विशेष स्थान ओगटेको मादल देउसीभैलो, नाचगान र सांस्कृतिक कार्यक्रमको प्रमुख बाजा भएकाले तिहार नजिकिंदै गर्दा मादलको माग बढेको वादीले बताए । ‘दसैं र तिहारको समयमा मादल बनाउने माग बढी आउने गरेको छ, विशेषगरी तिहारको समयमा मादलको बिक्री हुन्छ’, उनले भने, ‘तिहारका मागअनुसार मादल पुर्याउन पनि सकिंदैन ।’ तिहारमा मादल बिक्रीबाट रु ४० हजारसम्म आम्दानी हुने गरेको उनले उल्लेख गरे ।
केही वर्षअघिसम्म तीजमा पनि मादलको माग बढी आउने गरेको भए पनि पछिल्लो समय आधुनिक प्रविधिको बढ्दो प्रयोगले तीजमा मादल बिक्री हुन छोडेको वादीले बताए । ‘दुई-तीन वर्षअघिसम्म तीजमा मादलको माग उच्च थियो, अहिले तिहारमा मात्रै खोजी हुन्छ’, उनले भने, ‘मादल बनाएको सानो र ठूलोको दुई हजारदेखि १२ हजारसम्म बिक्री हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असोज २०८२, ०९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नजिकियो तिहार, बढ्यो मादलको बिक्री