विद्युत् चोरीको आरोपमा आठ जना पक्राउ

पत्रपत्रिकाबाट

बुधबार, १९ मंसिर २०७५, १० : ३९
विद्युत् चोरीको आरोपमा आठ जना पक्राउ

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाबाट विद्युत् चोरी गरेको आरोपमा मङ्गलबार आठ जनालाई पक्राउ गरेको छ । 
नेपाल विद्युत् प्राधिकरण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको संयुक्त अनुगमन टोलीले विद्युत््को पोलमा अङ्कुस लगाई विद्युत् चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको विद्युत्् प्राधिकरण कार्यालयका प्रमुख चन्द्रनारयाण साहले बताउनुभयो । छिन्नमस्ता गाउँपालिका–१ का प्रदीप राय, सैनिक राय, रीतानन्द राय, कमलेश राय, देवनारायण राय, रामधन खंग, वडा नं ५ का प्रल्हाद दास र वडा नं ७ का जामुन रायलाई पक्राउ गरिएको हो । पक्राउ गरिएकालाई विद्युत् ऐनअनुसार जनही रु १५ हजार ५०२ जरिवाना असुल गरी छाडिएको छ । -रासस

प्रतिक्रिया दिनुहोस