काठमाडौं । फागुन २१ मा चुनाव गर्ने कार्यभार सुशीला कार्की नेतृत्वको सरकारको छ । निर्वाचन आयोगले सोमबार कार्यतालिका सार्वजनिक गरेको छ । तर, निर्वाचनमा भाग लिने राजनीतिक दलहरुसँग सरकारले महिना दिन वित्दा समेत कुनै छलफल गर्न सकेको छैन ।
दलहरुसँगको सम्वादहिनता कसरी तोडिएला ?
निर्वाचनको वातावरण कसरी बन्ला ? आम मानिसमा जिज्ञासा छ । तर सरकार जेन जीको एउटा समुह (सुधन गुरुङ) को चर्काे घेराबन्दी र दवावमा परेर राजनीतिक दलहरुसँग सम्वादमा जुट्न सकिरहेको छैन । कांग्रेस, एमाले, माओवादी लगायतका दलहरुसँग सरकारले सम्वाद गर्न नसक्नु वा सम्वादमा बस्न रुची नदेखाउनुमा सरकार आफंै जेन जीको सुदन समुहसँग डराएको कारणले काम गरेको विश्लेषण राजनीतिक वृत्तमा भईरहेको छ ।
जेन जी आन्दोलनले कांग्रेस एमाले लगायत दलका प्रमुख नेताहरु शेरवहादुर देउवा, केपी ओली लगायत नेताहरुलाई अश्वीकृत गरेका छन् । उनीहरुलाई यो आन्दोलनले राजनीतिबाटै विस्थापित गर्न खोजेको छ । दलहरुमा तीनै नेताहरु अहिले पनि नेतृत्वमा छन् । उनीहरुको आदेश र निर्णय विना ती दलहरुले कुनै नयाँ निर्णय लिन सक्दैनन । यस्तो अवस्थामा राजनीतिक दलका तिनै नेताहरुसँग सम्वादमा बस्दा जेनजीकै तारोमा परिने भयमा कार्की नेतृत्वका सरकार र सरकारका मन्त्रीहरु छन् । जसकाकारण पनि उनीहरु कांग्रेस, एमाले, माओवादी, रास्वपा लगायतका दलका नेताहरुसँग सम्वादमा बस्न आँट गरिहालेका छैनन ।
सम्वाद गर्दा जेन जी समुह भड्किने र उनीहरुको आन्दोलनको बलमा बसेको सरकारलाई पनि उनीहरुले हेर्ने दृष्टिकोण ओली देउवाले चलाएको सरकारकै जस्तो हुने ठानी आक्रोशित हुने देखेपछि पनि सरकारले दलहरुसँग सम्वाद गर्न हिचकिचाईरहेको छ ।
अर्काे दलका दोस्रो या तेस्रो पुस्ताका नेताहरुसँग पनि उनीहरुले भेट्ने , सम्वाद गर्ने हिम्मत देखाएका छैनन । कारण ती राजनीतिक दलहरुमा शीर्ष नेतालाई चुनौति दिईहाल्ने स्थिती अझै कुनै दलमा देखिएको छैन । खासगरी लोकतन्त्र, संविधानभन्दा पनि जेन जी पुष्स्ताको एउटा समुहले बुढा नेताहरु, भष्ट नेताहरुको भास्य निर्माण गर्न खोजिरहेका छन् । यस्तो बेला पूराना दलहरुसँगै फेरि सम्वादमा बस्दा पूरानै राजनीतिक पार्टीहरुलाई बैधता दिएको अर्थ लाग्ने देखेर पनि कार्की नेतृत्वको सरकारले दलहरुसँग सम्वाद गर्न डराईरहेको देखिएको छ ।
जसकाकारण पनि सरकारले दलहरुसँग सम्वाद गर्ने भन्दा पनि निर्वाचन आयोगमार्फत नै ती दलहरुसाग छलफल गर्ने अर्काे विकल्पको बाटो खोजिरहेको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ असोज २०८२, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारद्वारा संविधान संशोधनको तयारी तीव्र, बहसपत्र तयार गर्न कार्यदल क्रियाशील
सरकारका प्रवक्ता भन्छन्– टीयू क्रिकेट मैदान भत्किँदैन
सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने सरकारको निर्णय