काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने बताएका छन् । बडा दसैँको अवसरमा सोमबार एक शुभकामना सन्देश दिँदै उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान र आकांक्षाबाट बनेको ऐतिहासिक संविधानमार्फत् मुलुकमा स्थिरता, शान्ति र प्रगति सुनिश्चित हुने विश्वास व्यक्त गरे ।
देउवाले शुभकामना सन्देशमा भनेका छन्, 'संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ । सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधि मार्फत् बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित छ ।'
सन्देशमा उनले भाद्र २३ र २४ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले हिंसात्मक गतिविधिबाट राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, दलका कार्यालयदेखि सर्वसाधारणको निजी सम्पत्तिसम्म भएको तोडफोड, आगजनी र लुटपाटलाई नेपालको इतिहासकै अल्कपनीय र दुःखद घटना भनेका छन् ।
देउवाले दशैंलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको सन्देश दिने पर्वको रूपमा वर्णन गर्दै यसले परिवार, समाज र राष्ट्रबीच एकताको भावना अझ सुदृढ बनाउन सकोस् भन्ने कामना गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै