माधवको कोसिस्, 'जिससपुत्री'को आशिष

पत्रपत्रिकाबाट

मंगलबार, १८ मंसिर २०७५, ०७ : ०२
माधवको कोसिस्, 'जिससपुत्री'को आशिष

काठमाडौं ।  विवादास्पद एसिया प्यासिफिक समिटले सरकारलाई बदनाम बनाएको छ । पृष्ठभुमिमा मुख्य अभिभावक भने सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव नेपाल थिए । 

नेता नेपालकै पहलमा सरकार यो कार्यक्रममा सरिक भएको हो । नेकपा नेता नेपालको पहलमा नेपालमा यो सम्मेलन गर्ने निर्णय ६ महिनाअघि नै भएको हो । 

उनकै पहलमा युनिभसैल पिस फेडेरेसन नेपालका अध्यक्ष एकनाथ ढकालले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग भेटेका हुन् । 

कार्यक्रमलाई सुनिश्चित बनाउन फेडेरेसन प्रेसिडिङ काउन्सिलका सदस्य तथा फिलिपिन्सका पुर्वसभामुख होसे डे भनेनेसिया ६ महिनाअघि नेपाल आएका थिए । 

माधम नेपालमार्फत भेनेसियाले नेपालको उच्च राजनीतिक नेतृत्वलाई भेटेका थिए । 

फेडेरेसनमार्फत माधव नेपालले कम्बोडियाका प्रधानमन्त्री हुन सेनसँग पनि बलियो सम्बन्ध बनाएका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस