काठमाडौ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आज (असोज ९ गते) काम सुरु गर्ने भएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँचबुझ आयोगका पदाधिकारीले बुधबार शपथ खाएका थिए। विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको आयोगले अब आजदेखि छानबिन प्रक्रिया अघि बढाउने भएको हो।
पाँच कार्यादेश पाएको आयोगले कार्य प्रारम्भ गरेको मितिले तीन महिनाभित्र रायसहितको प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्नुपर्नेछ।
यस्ता छन् जाँचबुझ आयोगको कार्यादेशः
१) २०८२ भदौ २३ र २४ गते काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने
२) घटना घट्नुका कारणका सम्बन्धमा जाँचबुझ गरी सोको यकिन रायसुझावसहितको प्रतिवेदन पेस गर्ने
३) भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने
४) भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझावहरू पेस गर्ने
५) प्रतिवेदनमा उल्लेख भएका सुझावहरू कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छलफलका लागि गृहमन्त्रीले डाके सुरक्षा निकायका प्रमुख
पोखरा बेलुन विस्फोट घटनाको छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
इन्सपेक्टर सन्तोषी महतको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
पोखरा घटनाः बेलुनमा हाइड्रोजन भर्ने भारतीय पक्राउ
काठमाडौँ उपत्यकामा ४ महिनामा १२४ वटा बलात्कारका घटना
भैंसेपाटी घटना : हनिट्रयापमा संलग्न आरोपमा थप १ जना पक्राउ