एजेन्सी । इजरायलले बुधबार गाजा पट्टीमा गरेको आक्रमणमा ८० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको स्थानीय अस्पतालले बताएका छन्।
आपत्कालीन कर्मचारीहरूका अनुसार गाजा सहरको दराज क्षेत्रको फिरास बजारनजिकै घरबारविहीन परिवारहरूका लागि बनाइएका भवन र पालमा मात्र इजरायली आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा २० जना मारिएका छन्।
इजरायली सेनाले दुई हमास लडाकुलाई निसाना बनाइएको बताएको छ। सेनाले मृत्यु हुनेको संख्या आफ्नो जानकारीसँग मेल नखाने पनि बताएको छ।
यसैबीच इजरायली ट्यांक र सेना सहरको भित्री भागमा अगाडि बढिरहेको छ। जुन इजरायलले हमासको अन्तिम गढ भएको दाबी गरेको छ।
इजरायली सेनाले स्थलगत कारबाही हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्ने र प्यालेस्टिनी सशस्त्र समूहको ‘निर्णायक पराजय’ सुनिश्चित गर्ने उद्देश्यले गरिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, ०९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद