कृषि मन्त्री परियारद्वारा पदभार ग्रहण

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०८२, १८ : ४५
कृषि मन्त्री परियारद्वारा पदभार ग्रहण

काठमाडौँ। नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् ।

सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गरेका छन्।

मन्त्रालयका सचिवको नेतृत्वमा गठन हुने समितिले यसमा समन्वयको काम गर्ने जनाइएको छ ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री डा. परियारले निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाएका छन् । शासकीय सुधार र बेथिति रोक्ने काममा सरकार लागिपर्ने उनको भनाइ थियो ।

मन्त्री डा. परियारले वर्तमान सरकारलाई प्राप्त शासकीय सुधार, बेथितिको अन्त्य एवं निर्वाचन गराउन प्राप्त ‘म्यान्डेट’ पूरा गर्न आफ्नो तर्फबाट सम्पूर्ण योगदान रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस