यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०८२, ०६ : ५९
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा,तोकिएको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस