काठमाडौँ । संसद् भवनको निर्माण कार्य आगामी पुसभित्रै सक्नुपर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन्।
बिहीबार सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गर्दै उनले बाँकी काम तोकिएको समयमै पूरा गर्न आदेश दिए।
'जेन जेड आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद् भवनमा ठुलो क्षति पुगेपछि अहिले संसद् भवन नै छैन,’ मन्त्री घिसिङले भने, ‘यसलाई संवेदनशील आयोजना मानेर सबै पक्ष गम्भीर भएर पूर्ण रूपमा परिचालित भई पुसभित्रै सम्पन्न गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १३ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता हो: मन्त्री घिसिङ
मन्त्री घिसिङद्वारा निर्माणाधीन सेती पुलको निरीक्षण
‘देश नयाँ शिराबाट अगाडि बढ्छ’: मन्त्री घिसिङ
समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिन्छ: मन्त्री घिसिङ
‘देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ’ : मन्त्री घिसिङ
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ