काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको ऐतिहासिक तथ्य र उचाइलाई आत्मसात् गर्न अपिल गरेका छन् ।
शुक्रबार पार्टी कार्यालयमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलनका कारण यो पटकको संविधान दिवस फरक ढंगले मनाइरहेको बताउँदै यो नै मौलिकता र विशेष रहेको पनि बताए ।
‘यतिवेला हामी ११ औँ संविधान दिवस मनाउँदै छौँ, त्यो विशेष तरिकाले मनाउँदै छौ । जेनजी आन्दोलनका कारण उत्पन्न नयाँ राजनीतिक परिस्थितिका बिचमा संविधान दिवस मनाउँदै छौ’, प्रचण्डले भने, ‘यही नै मौलिकता र विशेषता हो भन्ने लागको छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधान सभाबाट संविधान बनाउने ठाउँमा आइपुग्न झन्डै ७० वर्ष भन्दा लामो यात्रा तय गर्नुपरेको पनि बताए ।
‘त्यसविचमा थुप्रै आन्दोलनहरू भए’, उनले भने, ‘यसक्रममा जनयुद्धको ऐतिहासिक तथ्य र उचाइलाई आत्मसात् गर्न सक्नुपर्छ ।’ उनले संविधान बनाउने काम जटिल र चुनौतीपूर्ण रहेको भन्दै एकथरी राजनीतिक शक्तिहरू संविधानसभाबाट संविधान बनाउने र त्यसमा दलित, महिला मधेसी, कर्णाली मेची महाकालीको पहिचानसहितको संविधान बनाउने रुचि नरहेको बताए । त्यसक्रममा प्रचण्डले आफू अहिलेको संविधान अझ प्रगतिशील बनाउनुपर्ने पक्षमा रहेको भन्दै ठुला दलका अहङ्कारका कारण अहिले यो अवस्था आएको बताए ।
‘अरू कुराका अतिरिक्त त्यसवेला अहिले ठुला भन्ने पार्टीका नेतालाई प्रधानमन्त्री अफर गर्नुपर्ने बाध्यतामा परेको स्मरण गर्न चाहन्छु’, प्रचण्डले भने, ‘यदि मैले उनीहरूलाई प्रधानमन्त्री अफर गरेर संविधान घोषणा गर्ने ठाउँमा ल्याइनपुर्याएको भए के हुन्थ्यो होला ? अहिले पनि मेरो दिमागमा ती घटनाक्रम घुमिरहेको छ ?’ उनले आफूले भनेजसरी संविधान बनाउन सकेको भए सायद अहिले जेनजी पुस्ताले आन्दोलन गर्नुपर्ने अवस्था पनि नआउन सक्ने बताए । संविधान बनाउन नदिन ठुलो दबाब र धम्की आफूले भोग्नुपरेको स्मरण प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा